Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कल्याणपुर नगरप्रमुखका छोरा ५ लाख घुससहित पक्राउ

    कल्याणपुर नगरप्रमुखका छोरा ५ लाख घुससहित पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३१ असार २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । सिराहाको कल्याणपुर नगरपालिकाका प्रमुख सूर्यनाथ मण्डलका छोरा घुससहित पक्राउ परेका छन् ।

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले नगर प्रमुख मण्डलका छोरा सन्त मण्डललाई ५ लाख घुस रकमसहित बुधबार पक्राउ गरेको छ ।



    सन्त र जीतेन्द्र महतोलाई लहान नगरपालिका वडा नं. २२ राजदेवी चोक नजिकबाट पक्राउ गरिएको अख्तियारको बर्दिबास कार्यालयले जनाएको छ।



    कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलले डिपिआरको भुक्तानी गर्नको लागि सेवाग्राहीसँग ५ लाख घुस मागेको र सो रकम लिन छोरा र एक जनालाई पठाएकोमा दुवै जनालाई रंगेहात नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार