Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • नेप्से ३२ अंकले बढ्यो

    नेप्से ३२ अंकले बढ्यो

    अनलाइन नेपाल
  • बिहिबार, १ साउन २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । शेयरबजार परिसूचक नेप्से आज ३२ अंकले बढेको छ । नेप्से आज ३२ अंकले बढेर १३ सय ९४ दशमलव ७७ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

    सबैजसो समुहको शेयर बढेको दिन आज जिवन विमा समुहको शेयर १ सय ३१ अंकले, निर्जिवन विमा समुहको ७९ अंकले, विकास बैंक समुहको ६०, उत्पादन ४५ र होटल समुहको शेयर ४० अंकले बढेको छ ।



    आज १ अर्ब ४ करोड रुपैयाँ बराबरका २९ लाख १४ हजार कित्ता शेयर किनबेच भएका छन् । आज लक्ष्मी बैंक, मितेरी विकास बैंक र एनआइसी एसिया लघुवित्त वित्तिय संस्थाका शेयरधनीले नौ प्रतिशत भन्दा धेरै कमाएका छन् ।



    समग्र शेयर बजार बढेपनि ओरियन्टल होटलका लगानीकर्ताले झण्डै साढे ६ प्रतिशत गुमाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार