Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • दोहोरो अंकले घट्यो सेयर बजार परिसूचक नेप्से

    दोहोरो अंकले घट्यो सेयर बजार परिसूचक नेप्से

    अनलाइन नेपाल
  • सोमबार, १० बैशाख २०८१
  • 270
    SHARES

    फाइल फोटो

    काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १९६९ अंकमा झरेको छ । साताको दोस्रो सेयर कारोबार दिन सोमबार दोहोरो अंकले घटेर सेयर बजार बन्द भएको हो ।

    अघिल्लो दिनको तुलनामा १५.४१ अंक घटेको हो । दिनभर कुल २ अर्ब ५ करोडको कारोबार भयो । हिजो २ अर्ब २६ करोडको कारोबार भएको थियो ।



    ४९ कम्पनीको मूल्य बढ्दा १८६ को घट्यो भने १० को स्थिर रह्यो । फाइनान्स समूहको सूचक सबैभन्दा धेरै २.१ प्रतिशत घट्यो ।



    बैंकिङ ६, विकास बैंक ३७, फाइनान्स ४१, होटल तथा पर्यटन १७, हाइड्रोपावर २२, जीवन बीमा ८०, उत्पादन ७९, माइक्रोफाइनान्स ३८, निर्जीवन बीमा ५६, अन्य ८ र ब्यापार समूह १२ अंक घटे ।

    पिपुल्स पावरको मूल्य सबैभन्दा धेरै ६.९ प्रतिशत बढ्यो । मानुसी लघुवित्तको ४.२, विन नेपाल लघुवित्तको ४.२ तथा हिमालयन हाइड्रोपावरको मूल्य ३ प्रतिशत बढ्यो ।

    दोल्ती पावरको मूल्य सबैभन्दा धेरै ७.३ प्रतिशत घट्यो । एनआईसी एसिया लघुवित्तको ७.२, हिमालयन लघुवित्तको ४.७, मोलुङ हाइड्रोपावरको ४.२, सिर्जनशील लघुवित्तको ४.२ तथा गोर्खाज फाइनान्सको ४.१ प्रतिशत मूल्य घट्यो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार