Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेप्सेमा १० अंकको गिरावट, ३ अर्ब ४८ करोडको कारोबार

    नेप्सेमा १० अंकको गिरावट, ३ अर्ब ४८ करोडको कारोबार

    अनलाइन नेपाल
  • बुधबार, २८ चैत्र २०८०
  • 234
    SHARES

    फाइल फोटो

    काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट देखिएको छ । बुधबार नेप्से परिसूचक १० दशमलव ७१ अंकले घटेर दुई हजार २५ दशमलव ३० को बिन्दुमा कायम भएको हो ।

    बुधबार तीन सय आठ कम्पनीको ८६ लाख ९६ हजार नौ सय १८ कित्ता शेयर ६१ हजार चार सय २० पटक खरिदबिक्री हुँदा तीन अर्ब ४८ करोड ५६ लाख ६० हजार छ सय ४० बराबरको कारोबार भएको छ ।



    उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १३ र व्यापार समूह एक दशमलव ४६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह दुई दशमलव ५० प्रतिशतले घटेको छ ।



    बैंकिङ शून्य दशमलव ०३, विकास बैंक एक दशमलव २५, होटल तथा पर्यटन एक दशमलव ६७, जलविद्युत् शून्य दशमलव ०४ र लगानी शून्य दशमलव ४० प्रतिशतले घटेको छ ।

    त्यसैगरी जीवन बीमा समूह एक दशमलव २५, लघुवित्त एक दशमलव १५, म्युचुअल फन्ड शून्य दशमलव ७३, निर्जीवन बीमा समूह एक दशमलव ०४ र अन्य समूह शून्य दशमलव ४४ प्रतिशतले घटेको छ ।

    मान्डु हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ६९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सिंगटी हाईड्रो इनर्जी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

    कारोबार रकमका आधारमा बुधबार सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु १२ करोड ५४ लाख ८८ हजार बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ङादी ग्रुप पावर लिमिटेडको दुई लाख ५६ हजार सात सय आठ कित्ता शेयर किनबेच भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार