Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • सेयर बजार परिसूचक नेप्सेको ओरालो यात्रा जारी

    सेयर बजार परिसूचक नेप्सेको ओरालो यात्रा जारी

    अनलाइन नेपाल
  • बिहिबार, ६ बैशाख २०८१
  • 270
    SHARES

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारका सबै सूचक झरेका छन् ।

    नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १९.५६ अंक झरेको छ । सो अंकको कमीपछि नेप्से १९७२ अंकमा कायम भएको छ ।



    कुल २ अर्ब ९ करोडको कारोबार भएको छ । कुल २११ कम्पनीको मूल्य घट्दा २७ को बढ्यो भने ६ को स्ठिर रह्यो ।



    बैंकिङ ०.४८, विकास बैंक १.४६, फाइनान्स ०.८५, होटल तथा पर्यटन १.०४, हाइड्रोपावर १.१६, जीवन बीमा ०.५१, उत्पादन १.५४, माइक्रोफाइनान्स १.७२, निर्जीवन बीमा ०.८७, अन्य १.२५ र ब्यापार समूह १.१७ प्रतिशत घटेका छन् ।

    खानीखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.९ प्रतिशत बढ्यो । पोखरा फाइनान्सको ६.२, मध्यभोटेकोशीको ५.७, पिपुल्स पावरको ५.५, जोशी हाइड्रोको ४.५, माइखोला हाइड्रोपावरको ४.३ प्रतिशत मूल्य बढ्यो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार