Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • महिलालाई कुटपिट गरेको आरोपमा हवल्दारसहित ३ जना निलम्बित

    महिलालाई कुटपिट गरेको आरोपमा हवल्दारसहित ३ जना निलम्बित

    अनलाइन नेपाल
  • बिहिबार, १ साउन २०७७
  • 3K
    SHARES

    रुकुम पश्चिम । महिलालाई कुटपिट गरेको आरोपमा प्रहरी हवल्दारसहित ३ जना निलम्बनमा परेका छन् ।

    इलाका प्रहरी कार्यालय, आठबीसकोट काजमा रहेका प्रहरी हवल्दार पृथ्वीबहादुर आग्री, प्रहरी जवान शक्तिबहादुर परियार र आठबीसकोट नगर प्रहरी निर्मला विक निलम्बनमा परेका हुन् ।



    हवल्वर आग्री र जवान परियारलाई कर्णाली प्रदेश प्रहरीले र विकलाई आठबीसकोट नगरपालिकाले निलम्बन गरेको हो ।



    महिलामाथि कुटपिट गरिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चर्को आलोचना भएको थियो । भिडियो सार्वजनिक भएपछि प्रहरी र नगरपालिकाले छुट्टाछुट्टै छानबिन समिति गठन गरेर छानबिन अघि बढाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार