Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • अबैध सुनसहित पक्राउ परेका डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस

    अबैध सुनसहित पक्राउ परेका डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस

    अनलाइन नेपाल
  • मंगलबार, १२ पुष २०७९
  • 621
    SHARES

    काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको हो ।



    ‘घुस’ बार्गेनिङ गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई आइतबार साँझ निवासबाट आन्तरिक नियन्त्रणमा लिएको थियो । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय स्थित डिएसपी क्वाटरमा राखिएको छ ।



    डिएसपी केसीलाई निलम्बन गर्न सिफारिस गरिएको रुपन्देहीका एसपी रवीन्द्र रेग्मीले बताए ।

    केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद गरेको छ । करिब १३ महिना अघि केसी बुटवल आएका थिए।

    केसीमाथि गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको र व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार