Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • हाम्रो नयाँ कृषि सहकारी ठगी प्रकरणका आरोपीविरुद्ध मुद्दा नचल्ने

    हाम्रो नयाँ कृषि सहकारी ठगी प्रकरणका आरोपीविरुद्ध मुद्दा नचल्ने

    अनलाइन नेपाल
  • बुधबार, ५ बैशाख २०८१
  • 234
    SHARES

    काठमाडौं । काठमाडौंको हाम्रो नयाँ कृषि सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका सञ्चालकहरू रिहा भएका छन् ।

    केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को रायअनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा नचल्ने निर्णय गरेको हो ।



    नयाँ कृषि सहकारी संस्थाका उपाध्यक्ष लिलाबहादुर गुरुङ, कोषाध्यक्ष रामहरि अधिकारी र नविन अछामीलाई थुनामुक्त गरिएको सीआईबीले जनाएको छ ।



    सहकारी पीडित उजुरीकर्ताको रकम फिर्ता भए पनि उनीहरूविरुद्ध मुद्दा चलाउनु नपर्ने रायसहित प्रतिवेदन सीआईबीले सरकारी वकिलको कार्यालय पठाएको थियो ।

    बुटवलको सुप्रिम सहकारी ठगी अनुसन्धान क्रममा पक्राउ परेका सहकारी सञ्चालकहरू ओमप्रकाश गुरुङ र दुर्गा चापागाईलाई पनि सीआईबीले काठमाडौं झिकाएर बयान लिएको थियो।

    सीआईबीले चैत १८ मा रामहरि अधिकारीलाई र त्यसपछि थप दुईजनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार