Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • किर्ते गरी जग्गा पास गरेको आरोपमा जसपा बारा जिल्ला पूर्वअध्यक्ष पटेल पक्राउ

    किर्ते गरी जग्गा पास गरेको आरोपमा जसपा बारा जिल्ला पूर्वअध्यक्ष पटेल पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ३० फाल्गुन २०७९
  • 681
    SHARES

    काठमाडौं । प्रहरीले जनता समाजवादी पार्टी बाराका पूर्वअध्यक्ष अजय पटेल पक्राउ परेका छन् ।

    प्रहरी स्रोतका अनुसार पटेललाई सोमबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको हो ।



    बारा जिल्ला परवानिपुर नगरपालिका ५ निवासी ४५ वर्षिय पटेललाई जग्गा किर्तेसम्बन्धी कसुरमा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।



    पटेलले ६० करोड भन्दाबढी रकमको जग्गामा किर्ते कागज बनाइ मालपोतको कर्मचारीको मिलेमतोमा आफूलाई हुँदै नभएको मोहि कायम गराउन खोजेको आरोपमा किर्ते मुद्दामा पक्राउ गरेको हो ।

    परवानीपुर गाउँपालिका ५ बहुअरी गाउँका पटेल २०७० को संविधानसभाको निर्वाचनमा उम्मेदवार थिए ।

    लिखत सम्बन्धी कसुरमा बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ५ दिनको म्याद अनुमति लिएर हिरासतमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार