Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • हुण्डीको ३० लाख रुपैयाँसहित दुई जना कारोबारी पक्राउ

    हुण्डीको ३० लाख रुपैयाँसहित दुई जना कारोबारी पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १२ माघ २०८०
  • 684
    SHARES

    संकेतिक तस्विर

    काठमाडौं । तीस लाख रकमसहित दुईजना हुण्डी कारोबारी पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा काठमाडौं अनामनगरका युवराज प्रसाईँ र सुनसरी घर भइ काठमाडौंको नयाँबस्ती बस्ने विश्वास राई छन्।



    अवैध रुपमा हुण्डी कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा उक्त रकमसहित उनीहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो।



    नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई हुण्डी कारोबार हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई प्रकाउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

    राईको बौद्ध नयाँ बस्तीमा रहेको सटर कोठाबाट ३० लाख १८ हजार रुपैयाँ नगद, २ थान ल्यापटप र ५ थान मोबाइल वरामद भएको प्रहरीले जनाएको छ ।

    उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार