Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • बैंकिङ कसुर मुद्दाका फरार दुई जना अभियुक्त पक्राउ

    बैंकिङ कसुर मुद्दाका फरार दुई जना अभियुक्त पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १७ असार २०७९
  • 828
    SHARES

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले बैंकिङ कसुर मुद्दाका फरार दुई जना अभियुक्तहरुलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टि नगरपालिका-७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका-१ इमाडोल बस्‍ने २८ वर्षीय गौरभ शर्मा र धादिङको नेत्रवती डबजोङ गाउँपालिका-५ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका-१० मनमैजु बस्‍दै आएका ३१ वर्षीय प्रेमबहादुर गुरुङ रहेका छन् ।



    उच्च अदालत पाटनको २०७९ वैशाख ५ गतेको फैसलाले शर्मालाई ११ दिन कैद र ५५ लाख जरिवाना सुनाएको थियो भने गुरुङलाई उच्च अदालत पाटनले २०७९ साल वैशाख ४ गते २ दिन कैद र ९ लाख ९० हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।



    महाराजगञ्जबाट खटिएको सीआईबीको टोलीले शर्मा र गुरूङ दुवै जनालाई काठमाडौं बालुवाटारबाट पक्राउ गरेको जनाएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार