Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • बैंकिङ कसुरमा ९ करोड जरिवाना तोकिएका फरार रामभक्त पक्राउ

    बैंकिङ कसुरमा ९ करोड जरिवाना तोकिएका फरार रामभक्त पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २८ माघ २०८०
  • 999
    SHARES

    काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुरमा ९ करोड जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा काभ्रे पनौती नगरपालिका वडा नम्बर ६ का ६७ वर्षीय रामभक्त थापा रहेका छन् ।



    बैंकिङ कसुर मुद्दामा तीन वर्ष कैद र ९ करोड ७ लाख ६ हजार ३७८ रुपैयाँ जरिवाना पाएका उनलाई सिआइबीले शुक्रबार कोटेश्वरबाट पक्राउ गरेको बताइउको छ ।



    क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारेर ऋण लिएको प्रहरीको भनाई छ ।

    काभ्रे बोइलर सप्लायर्स नामक प्राइभेट फर्मको फर्जी कागजातहरू बनाएर आठ करोड ५० लाख रुपैयाँ कर्जा लिएको खुलेको हो ।

    उक्त मुद्दामा २०७१ वैशाख २९ गते तत्कालीन पुनरावेदन अदालत पाटनले उनलाई तीन वर्ष कैद र बिगो बमोजिम जरिवाना सुनाएको थियो । त्यस यता उनी फरार थिए । उनलाई आज जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार