Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सिआइबीको हिरासतमा पत्रकार

    सिआइबीको हिरासतमा पत्रकार

    अनलाइन नेपाल
  • बिहिबार, २८ मंसिर २०८०
  • 4.4K
    SHARES

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठगी मुद्दाको अनुसन्धानमा एक पत्रकारलाई पक्राउ गरेको छ ।

    पत्रकार डिल्ली पाण्डे मंगलबार बेलुका पक्राउ परेका हुन् । सुन तस्करीको मुद्दामा जेल परेका विमानस्थल भन्सारका नायब सुब्बा रेवन्त खड्कालाई थुनामुक्त गरिदिने भन्दै पैसा लिएको घटनामा पाण्डे पनि अनुसन्धानमा तानिएका हुन् ।



    यसअघि पक्राउ परेकी रितु राईले नासु खड्काको परिवारसँग लिएको पैसा पाण्डेलाई पनि बुझाएको बताएपछि उनी अनुसन्धानका लागि पक्राउ परेका हुन् । तर, पाण्डेले पैसा लिएको पुष्टि हुन सकेको छैन ।



    नासु खड्कालाई छुटाइदिने भन्दै उनको परिवारसँग ९९ लाख ७५ हजार लिएको आरोपमा रितु र निरेश चौधरीलाई सिआइबीले सोमबार पक्राउ गरेको थियो । यो मुद्दामा युवतीले पत्रकार पाण्डेलाई पनि फसाउन खोजेको आशंका गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार