Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • गृह मन्त्रालयका प्रवक्ता सिआइबी छानबिनमा

    गृह मन्त्रालयका प्रवक्ता सिआइबी छानबिनमा

    अनलाइन नेपाल
  • बिहिबार, १० फाल्गुन २०८०
  • 2.2K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयका प्रवक्ता रहेका सहसचिव नारायण प्रसाद भट्टराई प्रहरीको छानबिनमा तानिएका छन् ।

    स्रोतका अनुसार  केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) ले नक्कली लाइसेन्स प्रकरणमा सहसचिव भट्टराईमाथि समेत छानबिन थालेको हो ।



    भट्टराई यातायात व्यवस्था विभागको महानिर्देशक हुँदा यातायात कार्यालयबाट नक्कली लाइसेन्स जारी भएको थियो ।



    सवारी दुर्घटना गराएर हिरासतमा रहेका व्यक्तिलाई उनकै कार्यालयमा गाडिको लाइसेन्स बनाइएको थियो ।

    मोटरसाइकलको मात्र लाइसेन्स भएका शशांक बस्यालले चलाएको गाडिको ठक्करबाट एक व्यक्तिको मृत्यु भएपछि उनले ५ लाख खर्च गरी हिरासतमै रहेका बेला यातायात कार्यालयको सेटिङमा गाडिको समेत लाइसेन्स बनाएका थिए ।

    जून घटनामा सहसचिव भट्टराईसहित मुछिएका हुन् । यातायात व्यवस्था विभागले नक्कली लाइसेन्ससम्बन्धि छानबिन प्रतिवेदनसहित सिआइबीलाई छानबिनका लागि पत्राचार मात्र गरेको छैन ताकेता समेत गरिरहेको छ ।

    तर, गृहप्रवक्ता भट्टराई लगायत पावरफुल सहसचिवहरूको दबाबमा छानबिनले गति लिन नसकेको यातायात मन्त्रालयका एक अधिकारी बताउँछन् । यातायात व्यवस्था विभागले गरेको छानबिनमा बिना ट्रायल एक लाख भन्दा धेरै लाइसेन्स जारी भएको पुष्टि भइसकेको छ ।

    यसमा देशभरीका यातायात कार्यालयका कर्मचारीहरू छानबिनमा तानिने छन् । करोडौंको लेनदेन भएको यो घटनाको अनुसन्धान रोक्न शक्तिकेन्द्रमार्फत चलखेल भइरहेको छ ।

    आफु निकट व्यक्तिहरू पर्ने भएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि यो अनुसन्धानमा प्रहरीलाई साथ दिएका छैनन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार