Jul 18 2026 | २०८३, श्रावण २ गते

18 Jul 2026 | शनिवार, श्रावण २ गते २०८३

शनिवार, श्रावण २ गते २०८३
images
images

चीनमा ६० वर्ष यताकै ठूलो वर्षा, १४० जनाको मृत्यु

काठमाडौं । चीनमा ६ दशकयताकै भारी वर्षा हुँदा १४० जनाको मृत्यु भएको छ भने कयौं विस्थापित भएका छन् ।

बाढीले नौ वटा प्रान्त प्रभावित भएको बताइएको छ । अझै पाँच दिनसम्म भारी वर्षा हुने चीनका मौसमविदहरुले पूर्वानुमान गरेका छन् ।

मध्य र पूर्वी चीनको बस्ती बाढी र डुबानले नराम्रोसँग प्रभावित भएको हो । हालसम्म १ सय ४० जनाको मृत्यु भएको पुष्टि भएको छ । केही हराइरहेका छन् ।

दसौं लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । कतिपय पक्की घरहरु पनि भत्किएका छन् ।

चिनियाँ अधिकारीहरुले देशका ३३ वटा नदीहरुमा उच्च बहाव भएको जानकारी दिएका छन् । बु

चीनको ताजा पानीको सबैभन्दा ठूलो तलाउ भनेर चिनिने पोयाङ्गको धेरै ठाउँका बाँधहरु भत्किएका छन् । दक्षिण–पूर्वी चीनको चियाङ्गसिङ्ग प्रान्तको लुशान शहरलाई जोगाउन सैनिक परिचालन गरी अस्थायी बाँध मर्मत गरिएको छ ।

बाढी र डुबानबाट प्रभावित भएकाहरुलाई उद्धार तथा राहत पुर्‍याउन सुरक्षाकर्मीहरुलाई परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077