Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुदूरपश्चिमको बजेट खर्च ६३ प्रतिशत

    सुदूरपश्चिमको बजेट खर्च ६३ प्रतिशत

    अनलाइन नेपाल
  • शुक्रबार, २ साउन २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०७६ ०७७ मा करिब ६३ प्रतिशत बजेट खर्च गरेको छ ।

    चालुतर्फ ५५.६७ प्रतिशत र पुँजीगततर्फ ७१.०८ प्रतिशत गरि जम्मा ६२.८२ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।



    चालु तर्फको १५ अर्ब ९ करोड ४८ लाख ३६ हजारमध्ये ८ अर्ब ४० करोड ३४ लाख ३४ हजार ७११ रुपैयाँ खर्च भएको छ । पुँजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख ९९ हजारमध्ये ९ अर्ब २८ करोड ८५ लाख ७८ हजार ५८१ रुपैयाँ खर्च भएको छ ।



    प्रदेशमा सबैभन्दा धेरै भौतिक पूर्वाधार मन्त्रालयले खर्च गरेको छ । मन्त्रालयमा चालूतर्फ ४६ करोड १३ लाख ९१ हजार ६३५ रुपैयाँ बजेट बिनियोजन गरिएको थियो । पुँजीगततर्फ भने ८ अर्ब ९६ करोड ४ लाख ९७ हजार विनियोजन गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार