Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ‘अमेरिकी नागरिकलाई मास्क लगाउन आदेश दिन्‍नँ’

    ‘अमेरिकी नागरिकलाई मास्क लगाउन आदेश दिन्‍नँ’

    अनलाइन नेपाल
  • शनिबार, ३ साउन २०७७
  • 2.9K
    SHARES

    वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रव्यापी रुपमा अमेरिकी नागरिकहरुलाई मास्क लगाउन आदेश नदिने बताएका छन् । अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फौचीले सकेसम्म सर्वसाधारणलाई मास्क लगाउने अनिवार्य व्यवस्था गर्न आग्रह गरेसँगै राष्ट्रपति ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो ।

    अमेरिकामा मास्क लगाउने नलगाउने भन्नेबारे विषयमा राजनीतिकरण भएको छ । अधिकांश राज्य सरकारले घरबाट बाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउन आदेश दिएक छन् । कोरोना भाइरसको संक्रमण फैलिएयता मास्क नलगाउने बताइरहेका राष्ट्रपति ट्रम्पले गत शनिबार पहिलो पटक मास्क लगाएका थिए । तर शुक्रबार फक्स न्युजसँग कुरा गर्दै राष्ट्रव्यापी रुपमा मास्क अनिवार्य गर्ने कुरामा आफू सहमत नभएको बताएका छन् । मास्क लगाउने नलगाउने भन्नेबारे नागरिकलाई ‘स्वतन्त्र’ छाडिदिनुपर्ने पनि ट्रम्पले बताए ।



    डाक्टर फौचीले कोरोना संक्रमण न्यूनीकरणका लागि मास्क लगाउनु अति नै आवश्यक रहेको बताएका थिए । ‘मास्क लगाउनु अति नै आवश्यक छ । हामी सबैले मास्क प्रयोग गर्नुपर्छ,’ डाक्टर फौचीले भनेका थिए ।



    कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ३६ लाख ४७ हजारभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ३९ हजारभन्दा बढी पुगेको छ । त्यस्तै करिब ११ लाख निको भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार