Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • नेप्से ८४ अंकले बढेपछि सेयर बजारमा सर्किट ब्रेक

    नेप्से ८४ अंकले बढेपछि सेयर बजारमा सर्किट ब्रेक

    अनलाइन नेपाल
  • आइतबार, ४ साउन २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक ८४.२६ अंकले बढेपछि आजका लागि कारोबार बन्द भएको छ । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो कारोबारमा शेयर बजार सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको हो ।

    आइतबार ६ प्रतिशतले बढेर सर्किट ब्रेक लागेपछि दिनभरकै कारोबार रोकिएको छ । यस अवधिमा सेयर कारोबार मापक नेप्से परिसूचक ८४.२६ अंकले बढेको छ । सेयर बजारमा कारोबार हुने उपसमूहमध्ये म्युचल फण्डबाहेक सबै उपसमूहको परिसूचक बढेको छ ।



    कारोबार खुलेको ६ मिनेटमा ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि कारोबार रोकिएको थियो । २० मिनेटपछि खुलेको बजारमा केहिबेरमै ५ प्रतिशतले वृद्धि भयो ।



    त्यससपछि ४० मिनेट बन्द गरियो । दोस्रो पटक सर्किट ब्रेकपछि खुलेको १ मिनेटमै ६ प्रतिशतले बढेपछि दिनभरका लागि बजार बन्द भएको शेयर कारोबार अब सोमबार हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार