Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

धादिङको जोगिमारामा पहिरो, ३ वटा गाडी बग्यो ४ वटा पुरिए

काठमाडौं । वर्षापछिको पहिरोका कारण धादिङ पृथ्वी राजमार्ग अबरुद्ध बनेको छ । जोगिमारामा खसेको पहिरोले ३ वटा गाडी बगाएको छ भने ४ वटा पुरिएको छ । धादिङको फर्केखोला, गलौंदी, गल्छीको महेशखोला क्षेत्रमा पनि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी रुपक खड्काले जानकारी दिए ।

यस्तै चितवनबाट धादिङ प्रवेश गर्ने पृथ्वी राजमार्गको विन्दु मोवाखोलाको पुल बाढीले क्षति पुर्‍याएको छ । पहिरोका कारण एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् । त्यस्तै बेनिघाट रोराङ गाउँपालिकामा एक जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077