Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रचण्ड नै ओलीसँग मिल्ने संभावना देखेपछि गृहमन्त्री बन्न जनार्दनले खुट्टा उचाले !

    प्रचण्ड नै ओलीसँग मिल्ने संभावना देखेपछि गृहमन्त्री बन्न जनार्दनले खुट्टा उचाले !

    अनलाइन नेपाल
  • मंगलबार, ६ साउन २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नै नेताहरुबाट समस्यामा पर्न थालेका छन्।

    प्रचण्डले बोलेका कुराहरुमा अडान लिन नसक्दा उनी निकट जनार्दन शर्मा नै अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको कित्तामा उभिन लागेको समाचारहरु बाहिर आए।



    गृहमन्त्रीको लोभमा लागेर शर्माले पछिल्लो समय प्रचण्डलाई धोका दिएको टिप्पणी समेत हुन थालेको छ। प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाललाई धोका दिने संकेट गरेका छन् । शर्माले भ्ने आफुले पदको कुनै लोभ नगरेको वताउने गरेका छन् ।



    प्रचण्ड नै ओलीसँग मिल्ले संकेत देखेपछि शर्माले ओली निकट नेताहरुसँग एकाएक सम्पर्क बढाएको नेकपाकै एक केन्द्रिय सदस्य वताउँछन्।

    प्रचण्डले सोमबार ललितपुरस्थित आफ्नै निवास खुमलटारमा भएको पूर्वमाओवादी निकटका नेताहरूको छलफलमा नेता नेपालभन्दा  ओलीसँग मिलेर जाँदा फाइदा हुने बताएको स्रोतले जनाएको छ ।

    प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘माधव नेपालभन्दा  ओलीसँग मिलेर जाँदा हामीलाई फाइदा हुन्छ ।’

    खुमलटार बैठकमा प्रचण्डनिकटका स्थायी समितिका बहुसंख्यक तथा अन्य नेताहरूले ओलीसँगै मिलेरै अघि बढ्नुपर्ने निष्कर्ष निकालेका हुन् ।

    उनीहरूले पार्टी एकतालाई सुदृढ र रक्षा गर्न पनि ओलीसँग मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका हुन् ।

    प्रचण्ड निकटका नेताहरूले अध्यक्ष ओलीले मंसिरमा प्रस्ताव गरेको महाधिवेशनलाई भने समर्थन गर्न नसकिने निस्कर्ष निकालेका छन् ।

    दोस्रो वरीयताका अध्यक्ष प्रचण्डले मुद्दा र विषयका आधारमा पार्टीभित्रका नेताहरूसँग मिलेर अगाडि बढ्ने प्रयास भइरहेको बताएका छन् ।

    प्रचण्डले ओलीले मंसिरमा महाधिवेशन गर्ने र बहुदलीय जनवादलाई मानेर अघि बढेमा एकल अध्यक्ष बनाउने प्रस्ताव आफूलाई राखेको भए पनि सो प्रस्ताव पनि आफूलाई अमान्य भएको बताएका थिए ।

    नारायणकाजी श्रेष्ठ, देव गुरुङ र मातृकाप्रसाद यादवबाहेकका नेताहरूले ओलीसँग मिलेर अगाडि बढ्ने सुझाव प्रचण्डलाई दिएका छन् ।

    वरिष्ठ नेता नेपालले पनि आफ्नो निवास कोटेश्वरमा केही स्थायी समिति सदस्य र केन्द्रीय सदस्यसँग छलफल गरेका छन् ।

    नेकपामा असन्तुष्ट समूहले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने माग उठाउँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार