Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • दुई ‘भिआईपी बिचौलिया’का कारण प्रचण्डलाई ठुलो झट्का

    दुई ‘भिआईपी बिचौलिया’का कारण प्रचण्डलाई ठुलो झट्का

    अनलाइन नेपाल
  • मंगलबार, २० साउन २०७७
  • 5.8K
    SHARES

    तस्बिरमा प्रचण्ड तथा भट्ट दाजुभाई

    काठमाडौं। लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुशील भट्टको नियुक्तिको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको सम्बन्धमा थप दरार उत्पन्न भएको छ।

    आयोजनाका बिचौलिया तथा विवादास्पद व्यक्ति भट्टलाई बोर्डको जिम्मा दिएपछी प्रचण्डले असन्तुष्टी जनाएका हुन । भट्टको नियुक्तिप्रति प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनालले पनि आपत्ति जनाएका थिए ।



    विवादित व्यक्तिलाई नियुक्ति दिएको भन्दै दाहाल र खनालले आपत्ति जनाएपछि केहीबेर चर्काचर्की नै भएको थियो । उनीहरुले आपत्ति जनाएपछि ओलीले अबदेखि कुनैपनि नियुक्ति गर्दा पार्टीको निर्णय र परामर्शमा मात्रै गर्ने जवाफ दिएको बताईएको छ ।



    दर्जनौं ठेक्का लिएर अलपत्र पार्ने समूहका भट्टलाई सिईओ नियुक्त गरिएकोमा आलोचना हुँदै आएको छ । भट्ट आबद्ध केही कम्पनीलाई सरकारले नै कालोसूचिमा राखेको सार्वजनिक भइसकेको छ  ।

    सुशील र उनका भाइ दीपक भट्टले विदेशी कम्पनीको एजेन्ट भई राजनीतिक दललाई प्रभावमा पारेर ठूला आयोजना निर्माणको ठेक्का हात पार्न बिचौलियाको काम गर्ने गरेका छन् ।

    उनीहरुले धेरै आयोजनाहरु अलपत्र पार्दै आएका छन्। प्रहरीमा सामान नै खरिद नगरिन दीपकले पेश्की रकम लिँदै आएका छन्। हतियार खरिददेखी भवन निर्माण सम्म दीपककै चलखेल हुने गरेको छ।

    प्रधानमन्त्री ओलीकै जोडबलमा लगानी बोर्डको प्रमुख बनेका सुशील र उनका भाई दीपकको  सबैजसो राजनीतिक दलका नेतृत्वसँग पहुँच छ । कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि दीपकको उठबस रहंदै आएको छ।

    पहिला प्रचण्डसँग राम्रो सम्बन्ध रहेका दीपकले अहिले बामदेबलाई ओलीसँग मिलाएपछि प्रचण्ड आक्रोशित बनेको वताइन्छ। स्रोतका अनुसार बामदेबको भैसेपाटीको घरको ऋण तिरिदिएका कारण दीपकको दबाबमा बामदेब एकाएक ओली कित्तामा पुगेका हुन।

    जसका कारण दीपकसँग प्रचण्ड झस्किएका हुन। केही दिन अघि त बिचौलिया दीपक भट्टले पार्टीको आन्तरिक राजनीतिमा खेलेको भन्दै प्रचण्डले बैठकमै आक्रोश जनाएका थिए।

    स्रोतका अनुसार बामदेबको उदाहरण दिँदै प्रचण्डले आफु निकट नेताहरुसँग बिचौलिया दीपक भट्टका कारण नेकपालाई आफ्नो पकडमा राख्न गाह्रो भएको वताउने गरेका छन् । प्रचण्डका विश्वाशपात्र नेता जनार्दन शर्मा पनि बिचौलिया  भट्ट निकट मानिन्छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार