Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

अविरल वर्षापछिको पहिरोले यस्तो बनायो पृथ्वी राजमार्ग (फोटो फिचर)

काठमाडौं । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो गएको छ ।

वर्षाले पृथ्वी राजमार्गका विभिन्न भागमा पहिरो जाँदा आवागमन ठप्प भएको छ । चितवन सिमानामा रहेको खहरे मौवा खोलाले मुख्य राजमार्गको पुल जोड्ने सडकको केही भाग बगाउँदा आवागमन रोकिएको हो ।

उक्त पुल भत्केपछि काठमाडौंतर्फ जाने सयौं सवारीसाधन मुग्लिङ फर्केका छन् । बेनीघाटको जोगीमारा हुग्दी खोलादेखि मौवा खोलासम्म ९ स्थानमा पहिरो खसेको छ भने विभिन्न स्थानमा ठूला चट्टानहरू सडकमा खसेका छन् ।

बेनिघाट रोराङ गाउँपालिका धादिङमा मौवा खोवा र दवाङ खोला नजिक गएको पहिरोमा परि ५ वटा स्काभेटर, ७ वटा टिपर तथा अन्य केही सवारी साधनहरु काेही पुरिएका छन् भने काेही बगेका छन् ।

पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन्।

तस्विरहरू : दानबहादुर गुरुङ/चितवन

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077