Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

पहिरोले पुरिएर काठमाडौंमा ३ वर्षका जुम्ल्याहको मृत्यु

काठमाडौं । तीन दिनदेखि परेको अविरल वर्षाका कारण आएको पहिरो तथा बाढिमा परेर मृत्यु हुनेको संख्या बढिरहेको छ । धादिङमा एकै घरका तीन जनाको मृत्यु भएको २४ घण्टा वित्न नपाउँदै पहिरोले पुरिएर टोखा नगरपालिका–१ तासीडाँडामा ३ वर्षका जुम्ल्याह जोडीको मृत्यु भएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसार रामकुमार रानामगरको जुम्ल्याह ३ वर्षकी छोरी सन्ध्या राना र शचिन रानाको पहिरोले पुरिएर मृत्यु भएको हो ।

धनकुटाको भेरी गाउँपालिका– २ गुराँसे स्थायी घर भएका रामकुमार खाना खान थालेको बेला घरमाथिबाट खसेको पहिरोको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077