Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लकडाउन हटेसँगै उद्योग वाणिज्य महासंघमा निर्वाचनको माहोल तात्यो

काठमाडौ ।  सरकारले आज मध्यरातिदेखि लकडाउन हटाएसँगै नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ साधारणसभा पनि सुचारु हुने भएको  छ । सञ्चार मन्त्री डा.युवराज खतिवडाले सरकारले गएको चैत ११ गतेदेखि लगाएको लकडाउन आजै मध्यरातिदेखि पूर्ण रुपमा हटाएको जानकारी दिएका थिए ।

भोलिदेखि सबै सवारी साधन चल्नेछन् भने सरकारले साउन १५ गतेदेखि सबै होटलहरु पनि खुला गर्ने निर्णय यसअघि नै गरिसकेको छ । त्यस्तै लामो दुरीका सवारीसाधनका साथै आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु पनि सोही दिनदेखि गर्ने निर्णय पनि सरकारले गरिसकेको छ ।

अब सबैतिर खुला भएपछि नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ साधारणसभा पनि सुचारु हुने भएको हो ।  साउन २६ र २७ गते सो साधारण सभा काठमाडौँमा हुने तयारी भइरहेको छ । लकडाउन जारी नै रहेको र कोरोना भाइरसका संक्रमितहरु पनि बढ्नसक्ने भन्दै सो साधारणसभा नहुने हो कि भन्ने आशंका नेपालका उद्योगी, व्यवसायीहरुमा थियो ।

साधारणसभाको तयारी अन्तिम चरणमा पुगेको उक्त महासंघले जनाएको छ । आगामी साधारण सभामा चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेर निर्वाचनको प्रचार थालिसकेका छन् ।

दुबै समुहले प्यानल पनि खडा गरेका छन्। वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार ढकालले सरकारको आजको निर्णयले अब महाधिबेशन हुनेमा ढुक्क भएको वताए।

निर्वाचनमा प्रधान समुह भन्दा  ढकालको पक्षमा उद्योगी व्यवसायीहरुको ठूलो जमात रहेको वताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077