Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • तुइनबाट खसेर एक जनाको मृत्यु, तुइन हटाउने प्रतिवद्धता सेलायाे

    तुइनबाट खसेर एक जनाको मृत्यु, तुइन हटाउने प्रतिवद्धता सेलायाे

    अनलाइन नेपाल
  • बुधबार, ७ साउन २०७७
  • 4.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मकवानपुरको हेटौंडामा हिजो (मंगलबार) तुइनबाट खसेर एक वृद्धको मृत्यु भएको छ । हेटौंडा–१ का ७७ वर्षीय कृष्णप्रसाद पराजुलीको रापती र सामरी खोला दोभानमा रहेको तुइन तर्ने क्रममा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयल मकवानपुरले जनाएको छ ।

    तुइनबाट खसेका उनलाई रापती खोलाले बगाएको थियो । खोलाले बगाएर करिब तीन सय मिटर तल पुगेपछि उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो ।



    त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि चितवन रिफर गरिएको र चितवन लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।



    केपी शर्मा ओली प्रधानमन्त्री भएकै बेला देशभकार तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण पहिलो प्राथमिकतामा रहेको बताएका थिए । तर, प्रधानमन्त्री भएको झण्डै तीन वर्ष पुग्दा पनि अझै तुइनको समाधान भने हुन सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार