Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • तुइनबाट खसेर एक बालक बेपत्ता

    तुइनबाट खसेर एक बालक बेपत्ता

    अनलाइन नेपाल
  • शनिबार, २३ पुष २०७९
  • 681
    SHARES

    फाइल तस्विर

    दार्चुला । दार्चुलामा तुइनबाट खसेर एक बालक वेपत्ता भएका छन् ।

    स्थानीयका अनुसार ब्याँस गाउँपालिका–४ डोकटका १० वर्षिय बालक दिपेन्द्र विष्ट नेपालबाट भारत जाने क्रममा महाकाली नदीमाथि लगाइएको तुइनबाट खसेर बेपत्ता भएका हुन् ।



    स्थानीयका अनुसार यो समयमा नेपालको ब्याँस गाउँपालिकाको सो क्षेत्रका स्थानीयहरु खर काट्न भारतको वनहरुमा जाने गरेका छन् ।



    शुक्रबार बिहान खर काट्न भारततर्फको वनमा आमासंगै जानेबेला ती बालक तुइनबाट खसेको स्थानीयले बताएका छन्।

    सो घट्नाबारे अहिले सम्म प्रहरीमा जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार