Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • दार्चुलामा गाउँपालिका अध्यक्ष सवार गाडी दुर्घटना

    दार्चुलामा गाउँपालिका अध्यक्ष सवार गाडी दुर्घटना

    अनलाइन नेपाल
  • बिहिबार, ३० कार्तिक २०८०
  • 774
    SHARES

    फाइल तस्विर

    दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ।

    नौगाड-२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३-०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड-३ बगडस्थित जामिरमा दुर्घटनामा परेको हो ।



    दुर्घटनामा परी चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।



    घाइते दुबै जनालाई उपचारका लागि धनगढी लगिएको छ । उक्त जिप नौगाड गाउँपालिकाले भाडामा लिएको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार