Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • महाकाली नदीमा हाम फालेका ज्ञानीराम बेपत्ता

    महाकाली नदीमा हाम फालेका ज्ञानीराम बेपत्ता

    अनलाइन नेपाल
  • बिहिबार, २८ भाद्र २०८०
  • 297
    SHARES

    फाइल तस्विर

    दार्चुला । महाकाली नदीमा हाम फालेर एक जना व्यक्ति बेपत्ता भएका छन् ।

    दार्चुलाको खलंगास्थित नेपाल-भारत जोड्ने झोलुङ्गे पुलबाट आज महाकाली नदीमा हाम फालेर एक जना बेपत्ता भएका हुन् ।



    महाकाली नगरपालिका१ को लास्कु बस्ने ४५ वर्षीय ज्ञानीराम भुल महाकाली नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।



    बिहीबार बिहान भारत जान्छु भन्दै झोलुङ्गे पुलबाट पारीपट्टि पुगेका भुलले फर्किएर पुलको बीच भागबाट नदीमा हाम फालेका थिए।

    नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बेपत्ता भुलको खोजी कार्य गरिरहेको छ ।

    खलंगाबाट भारतीय बजार धारचुला जाँदै गरेका भुलसँग भारतीय सीमा सुरक्षा बल एसएसबीले पहिचान खुल्ने कागजपत्र मागेका थिए तर परिचय खुल्ने कागजपत्र साथमा नभएपछि एसएसबीले नेपालतर्फ फर्काएको थियो ।

    एसएसबीले फर्काएपछि भुलले महाकालीमा हाम फालेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार