Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • तुइन चुँडिएर बेपत्ता भएका बुढाथोकीको खोजी गर्न गृहमन्त्री खाँणको निर्देशन

    तुइन चुँडिएर बेपत्ता भएका बुढाथोकीको खोजी गर्न गृहमन्त्री खाँणको निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, २२ असार २०७९
  • 762
    SHARES

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले दार्चुला जिल्ला ब्यास गाउँपालिका-२ स्थित तुइनमार्फत भारतबाट नेपाल आउने क्रममा नदीमा खसेर बेपत्ता भएका युवकको खोजीकार्य तीव्र बनाउन निर्देशन दिएका छन् ।

    गृहमन्त्री खाणले दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दुर्गाप्रसाद भट्टराई र नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक मोहन आचार्यलाई टेलिफोन गरी बेपत्ता १८ वर्षीय सचिन बुढाथोकीको खोजी कार्य तीव्र बनाउन निर्देशन दिएका हुन् ।



    सशस्त्र प्रहरी नायब महानिरीक्षक भट्टराईले खोजी तीव्र पार्दा अहिलेसम्म फेला पार्न नसकिएको बताए ।



    बुढाथोकी आज दिउँसो साढे तीन बजे भारीसहित भारतबाट नेपाल आउने क्रममा तुइन चुँडिएर नदीमा खसेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार