Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विदेश जान घरबाट बिदा भएका जयसिंह भारतीय एसएसबीले तुइन काटिदिँदा महाकालीमा बगे, परिवारको यस्तो दुखेसो

    विदेश जान घरबाट बिदा भएका जयसिंह भारतीय एसएसबीले तुइन काटिदिँदा महाकालीमा बगे, परिवारको यस्तो दुखेसो

    अनलाइन नेपाल
  • शनिबार, १६ साउन २०७८
  • 2.7K
    SHARES

    दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका–२, राप्ला खानदानका ३३ वर्षीय जयसिंह धामी वैदेशिक रोजगारीको तयारीका लागि शुक्रवार बिहान घर परिवारबाट बिदा भएर निस्किए।

    कोरोना महामारीका कारण एक वर्षअघि नेपालमा लकडाउन जारी भएकै अवस्थामा दुबईबाट उनी घर फर्किएका थिए। लामो लकडाउन र बेरोजगारीले घरपरिवारमा आर्थिक समस्या पर्न थालेपछि उनी पुनः वैदेशिक रोजगारीको तयारीका लागि घरबाट निस्किएका हुन्।



    व्याँस गाउँपालिका–२ का स्थानीयको विवशता भनौं या बाध्यता उनीहरूले सदरमुकाम खलंगा पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने हुन्छ। केही दिनको तयारीपछि जयसिंह धामीसहितका केही स्थानीय युवा महाकाली नदी पारिको भारतीय बाटो प्रयोग गर्न शुक्रवार बिहान महाकाली नदीमा रहेको तुइन चढ्न पुगेका थिए।



    उनका केही साथीहरू तुइन चढेर नदी पार गरे। उनको पालो आयो। उनी पनि तुइनमा बसे। तर, जब उनी नदीको बीचमा पुगे, तब भारतीय एसएसबीले तुइनको डोरी काटिदिएपछि नदीमा खसे र महाकालीको तेज धारमा बेपत्ता भएको उनका दाइ नरेन्द्रसिंह धामीले दुखेसो सुनाए।

    ‘हामी निकै पीडित छौं। आफ्नै जिल्ला सदरमुकाम जान हामीले भारतीय बाटो भएर जानुपर्छ,’ उनले भने, ‘बर्खा र हिउँदमा हामीले तुइन चढेर पारि रहेको भारतको उत्तराखण्डको धार्चुला जानुपर्छ। त्यसपछि पुनः गाडी चढेर सदरमुकाम खलंगा जानुपर्ने हुन्छ। आज जयसिंह त्यही बाध्यताको शिकार भए।’

    लकडाउनपछि दुबईबाट घर फर्किएका जयसिंह पुनः भिसाको तयारीमा काठमाडौं जान्छु भनेर घरबाट निस्किएका थिए । तर, भारतीय एसएसबीले बिहान ९ बजेतिर उनी चढेको तुइन काटिदिएपछि बेपत्ता भएको नरेन्द्रसिंह बताउँछन् ।

    एसएसबीको यो गैरमानवीय हर्कत भने नयाँ नभएको स्थानीयवासी दुखेसो सुनाउँछन् । चार दिनअघि पनि भारतीय एसएसबीले खलंगाबाट फर्किने क्रममा निकै ध,म्क्याएको नरेन्द्रसिंह बताउँछन् ।

    महाकाली नदीमा बेपत्ता भएका जयसिंहको खोजी कार्य भइरहेको दार्चुला प्रहरीले जनाएको छ । ‘स्थानीयका अनुसार एसएसबीले तुइन काटेको भन्ने छ, तर ठ्याक्कै के भएको हो अनुसन्धान जारी छ,’ दार्चुला प्रहरी प्रवक्ता नरेन्द्रबहादुर चन्दले भने, ‘चार जना तुइन चढेर पारि पुगेछन्, पाँचौं व्यक्ति जयसिंह महाकाली नदीमा बेपत्ता भएका हुन्।’

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार