Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सुनको मूल्य १३०० रूपैयाँले बढ्याे

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छ ।

मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा १३०० रुपैयाँले बढेको हो । यस्तैगरी बुधबार तेजावी सुन तोलामा ९३ हजार ५६० रुपैयाँमा कारोबार भएको छ । यसैबीच चाँदीको मूल्य पनि बढेको छ । मंगलबार १०४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ११३५ रुपैयाँमा कारोबा भइरहेकाे महासंघले जनाएकाे छ ।

पछिल्लाे केही सयम सुनकाे मूल्य निरन्तर रूपमा बढीरहेकाे छ । बुधबार कायम भएकाे सुनकाे मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च हाे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077