Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी रुपमा सञ्चालन

चितवन । चट्टानसहितको ठूलो पहिरो खसेर अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सडकखण्डको १६ किलोमा खसेको ठूलो पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको  छ ।

मंगलबार राति पौने ९ बजेको समयमा भरतपुर महानगरपालिका–२९ स्थित बालुवा पुल नजिकै चट्टानसहितको ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको थियो । काठमाडौं जाने  पृथ्वी राजमार्गको मौवाखोलामा पुल भत्किएका कारणले अवरुद्ध छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077