Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ३ लाख ७६ हजार झ्वाम पार्न लुटिएको नाटक, तीनजना पक्राउ

    ३ लाख ७६ हजार झ्वाम पार्न लुटिएको नाटक, तीनजना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ८ साउन २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । धनुषामा रकम लुटिएको नाटक गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका २ का २० वर्षीय धिरजकुमार अधिकारी, शहीदनगर नगरपालिका–७ ताराटोलका २१ वर्षीय सुजित मण्डल र जनकपुर उपमहानगरपालिका–१६ का २१ वर्षीय छोटु झा रहेका छन् ।

    प्रहरीका अनुसार पक्राउ परेकामध्ये अधिकारी यदुकोहास्थित मोटरसाइकल शोरुमका कर्मचारी हुन् । शोरुमले बैङ्कमा जम्मा गर्न पठाएको रकम मण्डल र झासँगको आपसी सहमतिमा लुटपाट भएको नाटक गरेर भागबण्डा गर्ने योजना बनाएको खुलेको छ ।



    अधिकारीले टीभीएस शोरुम यदुकुहाबाट जनकपुरस्थित बैंकमा राख्नको लागि ३ लाख ७६ हजार रुपैयाँ ज १० प ९७ नम्बरको मोटरसाइकलमा लिएर आइरहेका थिए । र बाटोबाटै रकम लुटिएको भनि प्रहरीलाई जानकारी दिए थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार