Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उद्योग वाणिज्य महासंघको चुनाव स्थगित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा स्थगित भएको छ । सरकारले महासंघको साधारणसभा गर्ने स्वीकृति दिन ढिलाई गरेको भन्दै महासंघले साउन २६ र २७ गतेका लागि घोषणा गरिएको साधारणसभा स्थगित गरेको महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन् ।

महासंघको बिहीबार बसेको कार्यसमिति बैठकले घोषित साधारणसभा स्थगित गर्ने निर्णय गरेको अर्काे मिति नतोकिएकाले चुनाव अनिश्चित बनेको एक सदस्यले जानकारी दिए ।

सरकारले बिहीबारदेखि लागु हुनेगरी ४ महिनादेखिको लकडाउन अन्त्य गरे पनि हाललाई सभा समारोह तथा लामो दूरीका सवारीसाधन सञ्चालन गरेको छैन । सोही कारणले हालसम्म सरकारले साधारणसभाको स्वीकृति नदिएको हुनसक्ने कार्यसमिति बैठकले निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077