Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सुनको मूल्य तोलाको ९५ हजार ८०० पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । हिजो बिहीबार ५०० रुपैयाँ बढेर ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि बढेको हो । आज एक हजार ३०० रुपैयाँले बढेर ९५ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

योसँगै नेपालमा सुनको मूल्य अहिलेसम्मकै बढी प्रति तोला ९५ हजार ८ सय रूपैयाँ पुगेको छ। यस्तै तेजाबी सुन पनि ९५ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बिहीबार ११४५ मा कारोबार भएको चाँदी आज ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077