Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • प्रदेश एक नेकपा सांसदहरुको प्रश्न-न्याय मरेकै हो?

    प्रदेश एक नेकपा सांसदहरुको प्रश्न-न्याय मरेकै हो?

    अनलाइन नेपाल
  • शुक्रबार, ९ साउन २०७७
  • 2.7K
    SHARES

    file photo

    विराटनगर । प्रदेश एकका सांसदहरुले श्रीमती हत्या अभियोगमा कैद सजाय माफ भएर बिहीबार जेलमुक्त भएका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको विषयमा हत्यारालाई छाड्दा गलत नजिर बस्ने भन्दै आपत्ती जनाए ।

    शुक्रबारको प्रदेशसभा बैठकमा नेकपा प्रदेश सभा सदस्य अम्बिका थापाले श्रीमतीको क्रूरतापूर्वक हत्या गर्ने व्यक्ति जेलबाट मुक्त हुनुले न्यायप्रति प्रश्न उठेको बताइन् । थापाले भनिन्, ‘आफ्नै श्रीमतिको हत्या गर्ने र आफैं मृत्यु भएको भन्दैमा कोइरालाले छुटकारा पाउनु कहाँको न्याय हो ?’ आफ्नै श्रीमती गीता ढकालको हत्या गरेर फालेका कोइरालालाई प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरासहितको इजलासले छुट दिनु आपत्तिजनक भएको थापाको गुनासो छ ।



    नेकपा धनकुटाकी सांसद कुसुम श्रेष्ठले हत्यारा कोइरालालाई छुटाउनका लागि गरिएको प्रपञ्च गलत भएको बताइन् । अदालतबाट न्याय भन्दापनि अन्यायले प्रश्रय पाउने गरि परिदृष्य थपिदै गएको गुनासो गरिन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार