Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • रञ्जनले भने- मलाई श्रीमतीकाे हत्यामा फसाइएकाे छ

    रञ्जनले भने- मलाई श्रीमतीकाे हत्यामा फसाइएकाे छ

    अनलाइन नेपाल
  • बिहिबार, १५ साउन २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका पूर्वडीआईजी रञ्जन कोइरालाले श्रीमतीकाे हत्यामा अाफूलाइ फसाइएकाे बताएका छन्। उनले ‘जनता जान्न चाहन्छन्’ टेलिभिजन कार्यक्रममा
    आफ्नी पत्नी गीता ढकालको हत्या आफूले नगरेको दाबी गरेका छन् । पत्नी हत्योको अभियोग आफूले शुरुदेखि नै अस्वीकार गरेको उनले कार्यक्रममा बताए।

    शक्तिशाली समूहले आफूलाई फसाएको पूर्वडीआईजी कोइरालाले आरोप लगाएका छन् । उनले आफ्नी प्रेमिका तारा रेग्मी हत्यामा संलग्न नै नरहेको बताएका छन् । ‘प्रेमसम्बन्ध वा सम्बन्ध विच्छेदका लागि पत्नीको हत्या आवश्यक छैन’, कोइरालाले भने, ‘मलाई लगाइएको आरोप दमदार छैन ।’



    उनले आफूलाई गीता ढकालका बुबा हरेराम ढकालले फसाएको बताए । उनले भने, ‘मलाई ठूलो डिजाइन गरेर फसाइएको छ । समय आएपछि यी सबै कुराको सत्य कुरा बाहिर आउँछ।’



    कोइराला पत्नी हत्यामा साढे ८ वर्ष जेल बसेर हालै छुटेका छन् । सर्वोच्च अदालतका प्रधानन्यायाशीस चोलेन्द्रशम्शेर राणाको संयुक्त बेञ्चले कोइरालाको आजीवन काराबासको सजायलाई घटाएको थियो । कोइरालाको सजाय घटाएको विरोधमा सडक प्रदर्शनहरू समेत भएका छन् । कोइरालाको सजाय घटाएको विषयमा सर्वोच्च अदालतमा पुनरावलोकन भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार