Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • पूर्वडीआईजी कोइरालासम्बन्धी पुनरावलोकन मुद्दा आइतबार पेशीमा चढ्ने

    पूर्वडीआईजी कोइरालासम्बन्धी पुनरावलोकन मुद्दा आइतबार पेशीमा चढ्ने

    अनलाइन नेपाल
  • शनिबार, १० साउन २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले दर्ता गराएको पुनरावलोकन निवेदनमाथि सुनुवाइ हुने भएको छ । पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गराएको यो मुद्दाको पुनरावलोकन सम्बन्धी पूरक निवेदन आइतबार पेशीमा चढ्ने स्रोतले जनाएको छ ।

    स्राेतका अनुसार यो मुद्दाको पेशी कुन न्यायाधीशको बेन्चमा चढ्छ भन्ने आइतबार बिहान मात्रै टुंगो लाग्ने छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले गरेको फैसला उपर परेको पुनरावलोकन निवेदनमा अब तीन जना न्यायाधीशहरुबाट सुनुवाइ हुनेछ । पुनरावलोकनको अनुमति पाएमा यो मुद्दा सर्वोच्च अदालतको तीन वा सोभन्दा बढी न्यायाधीशहरुको इजलासबाट सुनुवाइ हुनेछ ।



    कोइरालालाई जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो। उच्चले पनि जिल्लाको फैसला सदर गरेको थियो। तर सर्वोच्चले कोइरालाको कैद घटाएको थियो। सर्वोच्चले जन्मकैदको मात्र सजाय हुने भन्दै साढे ८ वर्षमा झारेको थियो। सर्वोच्चले सजायमा भारी छुट दिएपछि उनी बिहीबार रिहा भएका हुन्।



    सर्वोच्च अदालतले १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । श्रीमती गीता ढकालको हत्या गरेको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले सजाय घटाउने फैसला गरेको थियो ।

    यसअघि जिल्ला र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । प्रधानन्यायाधीश जबराको इजलासले कोइरालाको सजाय घटाउनुमा ‘श्रीमतीलाई तत्काल आवेशमा आइ हत्या गरेको देखिएको’ भनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार