Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

तरुण अध्यक्षको चेतावनीपछि धरानका भीसी गले, बीपीको तस्बिर ठाउँ सारेर स्थापना

काठमाडौं। नेपाल तरुण दलको चेतावनीपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति ज्ञानेन्द्र गिरीले प्रथम जननिर्वाचित प्रधानमन्त्री  बीपी कोइरालाको तस्बिर ठाउँ सारेर स्थापना गरेका छन् ।

गिरी भीसी भएर आएपछि बीपीको तस्बिर हटाउन निर्देशन  दिएका थिए । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आइतबार विज्ञप्ति जारी गर्दै उक्त तस्बिर सोही स्थानमा अविलम्व नराखिए तरुण सडक आन्दोलनमा उत्रिने बाध्य हुने चेतावनी दिएका थिए ।

‘महामानव बीपी कोइरालाको नाममा स्थापना भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान कार्यालयमा महामानव बीपी कोइरालाको तस्बिर वर्तमान उपकुलपतिको निर्देशनमा हटाइएको भन्ने समाचार सुन्नमा आएकाले सो कार्य खेदजनक र निन्दनीय छ । राजनीतिक रूपमा नेपाललाई एकीकृत गर्ने बीपी कोइरालाको योगदानको अवमूल्यन गर्न खोज्नु दुस्साहस मात्र हो भन्दै अर्काको अस्तित्व स्वीकार गर्न नसक्ने घृणीत मानसिकताप्रति नेपाल तरुण दलको गम्भीर ध्यानाकर्षण भएको छ,’ बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हटाइएको उक्त तस्बिर सोही स्थानमा अविलम्ब नराखिए नेपाल तरुण दल आन्दोलनमा उत्रिन बाध्य हुने अध्यक्ष बस्नेतले विज्ञप्तिमार्फत चेतावनी दिएका थिए । त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मा उपकुलपतिले लिनुपर्ने छ ।’

प्रथम जननिर्वाचित प्रधानमन्त्री महामानव बीपी कोइरालाप्रति हुने कुनै पनि प्रकारका अपमान र उनको अस्तित्व मेटाउने प्रयत्न कतैबाट भए सो कार्य नेपाल तरुण दललाई सैह्य नहुने चेतावनी पनि विज्ञप्तिमार्फत दिइएको छ । बीपी कोइराला नेपाल तरुण दलको मात्र होइन, नेपाली रानीतिको सम्मानित आदर्श पात्र हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077