Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

फेसबुक ह्याक गरेर ठगी गर्ने युवक पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक आइडी ह्याक गरेर ठग्ने गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा साविर आलम रहेका छन्। महानगरीय अपराध महाशाखाले जिल्ला प्रहरी कार्यालय सुनसरीसँगको समन्वयमा दुहवीबाट २३ वर्षीय साविरलाइ पक्राउ गर्ने सफल भएकाे हाे।

उनले फेसवुक ह्याक गरेर सो आइडी चलाउनेको आफन्तसँग माग्दै ठगी गर्ने गरेकाे अनुसन्धानबाट खुलेकाे छ।अनि, आइडीवालाको आफन्त पैसा पठाउन राजी भएपछि उनले आफ्नै खातामा डिपोजिट गर्ने लगाउने गरेकाे अनुसन्धानमा संलग्न एक अधिकृतले बताए।

महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरिक्षक एसएसपी दिपक थापाका अनुसार फेसवुक प्रयोगकर्ताको एकजना आफन्तले पठाएको ५० हजार निकाल्न जाँदा साविरलाई पक्राउ गरिएकाे हाे। सुनसरीको दुहवी शाखाको एउटा बैंकमा पैसा निकाल्न जाँदा पक्राउ परेका साविरले ७५ हजार ठगेको उजुरी परेपछि प्रहरीले उनकाे खाेजी सुरू गरेकाे थियाे।

त्यस्तै ठगेको आरोपमा जनकपुरमा कुरियर चलाउने धिरज शाहलाई पनि प्रहरीले पक्रेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077