Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सूचना आयोगको प्रतिवेदन संसदमा पेश गरी छलफल गर्न संसदीय समितिको निर्देशन

    सूचना आयोगको प्रतिवेदन संसदमा पेश गरी छलफल गर्न संसदीय समितिको निर्देशन

    अनलाइन नेपाल
  • मंगलबार, १३ साउन २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन संसदमा पेश गरी छलफल गर्ने नीतिगत व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

    मंगलबार बसेको समितिको बैठकले आयोगको वार्षिक प्रतिवेदन संसदमा छलफल गर्ने नीतिगत व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको हो ।



    समिति सभापति कल्याणी कुमारी खडकाले बैठकको निर्णयहरु सुनाउँदै आयोगले तयार गरेको वार्षिक प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पेश हुने गरेको तर त्यसमाथि कुनै छलफल नभएकोले संसदमा पेश गरी छलफल गर्ने नीतिगत व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिइन् ।



    समितिले सूचना प्रविधिको युगमा पनि नेपाली नागरिकले भौतिक रुपमा उपस्थित भई सूचना लिनुपर्ने अवस्था रहकोले तयसको अत्य गरी वेबसाइट, इमेल, इन्टरनेट मार्फत सूचना पाउने व्यवस्था गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय सूचना आयोगलाई निर्देशन दिएको छ । समितिको बैठकमा राष्ट्रिय सूचना आयोगबाट सम्पादित कार्यहरु र आगामी कार्ययोजनाका सम्बन्धमा छलफल भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार