Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नयाँ प्रकृतिको लागुऔषधसहित व्यवसायी पक्राउ

विराटनगर । नयाँ प्रकृतिको लागुऔषधसहित एक व्यवसायी पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरका ४२ वर्षीय रामप्रसाद पोखरेल रहेका छन्।

मंगलबार साँझ आधा किलो नयाँ प्रकृतिको लागुऔषध मेथामफेटामाइन आइससहित पोखरेललाई प्रहरीले पक्राउ गरेको हो । विराटनगर बरगाछीबाट पक्राउ परेका पोखरेलको साथबाट २ सय २२ ग्राम मेथान्टामाइन बरामद भएको थियो । पोखरेल व्यावसायी हुन् ।

अनुसन्धानका क्रममा घरमा पनि लुकाएको पाइएपछि प्रहरीले थप पाँच सय ३० ग्राम बरामद गरेको हो । लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले लागूऔषध बरामद गरेको थियो ।

मेथामफेटामाइनलाई नयाँ प्रकृतिको खतरनाक लागुऔषध मानिने विश्व बजारमा महंगो र खतरनाक लागुऔषध हाे। पक्राउ परेका पोखरेलमाथि अनुसन्धान भइरहेको छ । विषेश सूचनाका आधारमा विराटनगरबाट पक्राउ परेका पोखरेलले नेटवर्क बनाएर लागुऔषधको कारोबार थालेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077