Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

घर बसाउने सल्लाह गर्दै केकी अधिकारी र पुष्प खड्का

काठमाडौं । नायिका केकी अधिकारी र पुष्प खड्कालगायतको अभिनय रहेको गीत 'मायाको घरबार' सार्वजनिक भएको छ ।

गीतकार डीपी दाहाल ‘परिश्रमी’ को रचना, पुरुषोतम सुबेदीको संगीतमा पुरुषोतम सुबेदी र अस्मिता अधिकारीले स्वर दिएका छन् । गीतमा मायाको घर बसाउन एक अर्काले पक्का गरौं भन्ने भाव समेटिएको छ ।

ह्वाइट मिडियाको निर्माण संयोजन रहेको यस भिडियोमा अर्जुन तिवारीको छायाङ्कन रहेको छ भने कोरियोग्राफी प्रबिन थापा र सम्पादन, तथा निर्देशन शक्तिप्रज्वल घिमिरेले गरेका छन् ।

भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077