Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विद्यालयमा क्वारेनटाइन र आइसोलेसन बनाउन नपाउने

काठमाडौं । सरकारले अब विद्यालयहरूलई क्वारेन्टाइन र आइसोलेसन सेन्टरको रूपमा प्रयोग नगर्न निर्देशन दिएको छ। गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय प्रस्तुत गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले विद्यालयमा कोरोनाको बिरामी राख्न र उपचार गर्न नपाइने निर्णय गरेको जानकारी गराएका हुन्।

‘विद्यालय परिसरमा क्वारेन्टिन र आइसोलेसन कार्य सञ्चालन गर्न पाइने छैन। साथै क्वारेन्टिन खाली भएका विद्यालयहरूलाई समेत निर्मलीकरण गरेर अध्यापन गर्न योग्य बनाउनुपर्छ,’ मन्त्रिपरिषदको निर्णयमा भनिएको छ।

सरकारले कोरोना रोकथाम र नियन्त्राणको लागि भारत लगायत तेस्रो मुलुकबाट आउनेहरूलाई राख्न छुट्टै क्वारेन्टिन अभाव भएपछि सामुदायिक विद्यालयहरुलाई नै प्रयोग गर्दै आएको थियो। देशभरका स्थानीय तहले विद्यालयलाई क्वारेनटाइन र आइसोलेसन बनाएका थिए।

पछिल्लो समय भने धेरै मानिस क्वारेन्टिन बसाइ सकेर घर फर्किएपछि खाली हुँदै गरेका विद्यालयहरूलाई अध्यापन सुरू गर्नलाई तयार पार्न सरकारले यस्तो निर्देशन दिएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077