Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • लकडाउन खोल्दा संक्रमण बढ्यो : स्वास्थ्य मन्त्रालय

    लकडाउन खोल्दा संक्रमण बढ्यो : स्वास्थ्य मन्त्रालय

    सिंहदरबारमै सुरक्षाका मादण्ड पालना नभएको दावी

    अनलाइन नेपाल
  • शनिबार, १७ साउन २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउन (बन्दाबन्दी ) खुलेपछि नेपालमा संक्रमित संख्या बढेको जानकारी गराएको छ ।

    मन्त्रालयले लकडाउन खुलेपछि रोकथामका प्रयास पालना नगर्दा संक्रमण बढेको जनाएको छ । विशेषगरी सामाजिक दूरी कायम नगर्ने, सीमा नाकाबाट स्वाब संकलन नगरी भित्रिन दिने र मास्क नलगाउने गर्दा संक्रमणको खतरा झनै बढेर गएको छ ।



    मन्त्रालयले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, सरकारी कार्यालयहरूमै सुरक्षाका मादण्ड पालना नभएको भन्दै चिन्तासमेत व्यक्त गरेको छ ।



    सरकारले ११ चैतबाट गरेको लकडाउन १२० दिनपछि अर्थात ७ साउनबाट खुल्ला गर्ने निर्णय गरेको थियो ।

    मन्त्रालयले लकडाउन खुलेपछिको अवधिमा देशभर कोरोना भाइरस संक्रमितको संख्या बढेको जनाएको हो ।

    मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार लकडाउन खुल्नु अगाडिको ११ दिनको अवधिमा ४७ हजार ८७७ जनामा पीसीआर परीक्षण गरिएकोमा १ हजार ३४५ जनामा संक्रमण देखिएको थियो । यो भनेको २.८ प्रतिशत हो ।

    लकडाउन खुलेको ११ दिनमा भने ५८ हजार १७४ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ९२ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या ३.६ प्रतिशत हो । गौतमका अनुसार, बन्दाबन्दी खुलेपछि ०.८ प्रतिशत संक्रमण बढेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार