Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विपद् पीडितलाई तीन महिना खाद्यान्न उपलब्ध गराउने कर्णाली प्रदेश सरकारको निर्णय

काठमाडौं । कर्णाली प्रदेश सरकारले विपद पीडित परिवारका लागि तीन महिना खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषदको बैठकले बाढी पहिरोलगायतका विपदमा परेकाको परिवारका लागि तीन महिना खान पुग्ने खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीले जानकारी दिइन् ।

यस्तै प्रदेश सरकारले प्राकृतिक विपद्को घटनाबाट पूर्णरुपमा घर क्षति भएको परिवारलाई आवास निर्माणका लागि राहतस्वरुप प्रति परिवार एक लाख रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077