Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

मापदण्ड पालना नहुँदा उपत्यकामा कोरोना संक्रमण बढ्यो : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारले लागू गरेका नियम र मापदण्डको पालना नहुँदा कोरोना भाइरसको संक्रमण बढेको जिकिर गरेका छन् ।

लकडाउन खुकुलो भएपछि मानिसहरुको मुभमेन्ट बढेको र संक्रमण देखिएका ठाउँबाट समेत मानिसहरु काठमाडौंमा आउँदा जोखिम बढेको बताए। काठमाडौं उपत्यकाका नाकाहरुमा परीक्षण गर्दा संक्रमण देखिनुले यसलाई पुष्टि गरेको उनले बताए।

उनले भने, ‘बाहिरबाट कोही आउँछ भने १४ दिन क्वारेन्टिन बसेर मात्रै काममा हाजिर हुने भन्ने खालका हामीले नियम बनायौं त्यो नियम चाहिं पालना भएन। लकडाउन खुकुलो बनाएपछि प्रत्येक दिन गाडिबाट मान्छेहरु आउँदा संक्रमित ठाउँबाट मान्छेहरु आउन थाले। त्यसले काठमाडौंमा जोखिम बढ्यो।’

मन्त्री ढकालले लकडाउनभन्दा अघि कोरोना संक्रमणको अवस्थालाई लिएर सबैमा भय र त्रास रहेको र लकडाउनमा सबै नागरिकले साथ दिएकाले नियन्त्रण र व्यवस्थापनामा केही हदसम्म सफल भएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077