Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कम्पनी दर्ता गरी दिन्छु भन्दै १० लाख ठग्ने अमेरिकी नागरिक पक्राउ

    कम्पनी दर्ता गरी दिन्छु भन्दै १० लाख ठग्ने अमेरिकी नागरिक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १९ साउन २०७७
  • 3.2K
    SHARES

    काठमाडौं। अमेरिकामा कम्पनी दर्ता गरिदिने प्रलोभन देखाई १० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ।

    पक्राउ पर्ने अमेरिकी नागरिक नर्थ लसभेगास स्थायी ठेगाना भएका डेनियल लि म्यागी रहेका छन्। महानगरिय अपराध महाशाखाबाट खटिएको टोलीले उनलाई काठमाडौंको क्षेत्रपाटीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।



    भक्तपुर सुर्यबिनायक नगरपालिका–६ का टुकनारायण श्रेष्ठको कोटेश्वरस्थित एटलस सेक्युरिटी प्रा.लि.लाई अमेरिकामा दर्ता गरी साझेदार बनाउने भन्दै डेनियलले १० लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।



    ती अमेरिकी नागरिकले सुजन थापा र सन्दीप कार्कीलाई बिजनेस भिसामा अमेरिका लगिदिने भन्दै प्रत्येकबाट ५–५ लाख रुपैयाँ समेत ठगी गर्न लागेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार