Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • लाखौं चोरीको घटनामा संलग्न २ जना पक्राउ

    लाखौं चोरीको घटनामा संलग्न २ जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १९ साउन २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । रौतहटको पश्चिमी भेगमा लामो समयदेखि संगठित रुपमा चोरीको घटनामा संलग्न गिरोहका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । फतुुवा विजयपुर ९ का रुपनारायण चौधरीका छोरा ३० वर्षीय अरुण चौधरी र सोही ठाँउका रामवृक्ष चौधरीको छोरा २२ वर्षीय सञ्जयकुमार चौधरी ईलाका प्रहरी कार्यालय विजयपुरको टोलीले पक्राउ गरेको हो ।

    उनीहरुमाथि सिंगो ट्याक्टरदेखि पसलको सटर फोडेर लाखौंको सामान चोरी गरेको आरोप लागेको छ । सञ्जयकुमार चौधरी र अरुण चौधरीमाथि चोरी तथा डाका कसुरमा मुद्धा दर्ता गरी जिल्ला अदालत गौरबाट १० दिनको म्याद समेत थमाइसकिएको इन्स्पेक्टर चन्द्रकिशोर साहले जानकारी दिएका छन् ।



    उनीहरुले असार ६ गते राती विजयपुर बजारमा रहेको मुकेश एलेक्टेनिक्स पसलको सटरको ताला फोडेर विभिन्न कम्पनीको मोबाईल, एलसिडि टिभी तथा नगद गरी ४ लाख ३५ हजार बराबरको धनमाल चारेर लगेको प्रहरीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार