Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यसैगरी कोरोना फैलिए फेरि लकडाउन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । सरकारले पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै गएपछि जोखिम व्यवस्थापन गर्न ठाउँ ठाउँमा लकडाउन गर्न सकिने संकेत गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले केही दिन यताको जसरी नै संक्रमण बढिरहे बन्दाबन्दी गर्नुपर्ने अवस्था आउने बताएका हुन्। ‘जात्रा, चाड पर्वको रुपमा भिडभाड नगरौँ। कोरोना संक्रमण यसै गरी फैलिएमा फेरि ठाउँठाउँमा बन्दाबन्दी गर्नुपर्ने हुनसक्छ,’ उनले भने, ‘त्यसैले पनि जनस्वास्थ्य सुरक्षा अपनाऊँ। मास्क लगाऔँ, मास्क लगाऔँ, साबुनपानीले हात धोऔँ।

आफू पन बचौँ अरुलाई पनि बचौँ।’ नेपाल कोरोनाको उच्च जोखिममा रहेको पनि डा. गौतमले बताए। ‘कोरोना संक्रमण तराई पहाड र हिमाल सबैतिर जोखिम बढी भएको ठाउँमा भिडभाड भएको छ, धेरै जनसंख्या भएका ठूला शहरमा छ,’ उनले भने, ‘ बन्दाबन्दी खुलेसँगै काठमाडौं उपत्यका, पोखरा, वीरगन्ज, विराटनगर, नेपालगन्ज जस्ता ठूला शहरमा मानिसहरुको चहलपहल बढेको छ।’ उनले बजार खुलिसकेकोले मानिसहरु चाहेर नचाहेर एक आपसमा नजिक भइरहँदा पनि जोखिम हुने बताए। सार्वजनिक यातायातमा यात्रा गर्दा धेरै सचेत हुन पनि उनले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077